निवर्तमान प्रधानमन्त्री देउवाले छाडे सरकारी निवास

Pm sher bahadur dauba 300x222

काठमाडौँ । बिहिबार पदबाट राजीनामा दिएका निवर्तमान प्रधानमन्त्री एवम् नेपाली काँग्रेशका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेका छन्।

शुक्रबार दिउँसो १ बजेको साइतमा देउवाले बालुवाटारबाट बाहिरिएको उनका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिएका छन् । देउवाले पदबाट राजीनमा दिएको करिब २६ घण्टामै बालेवाटार छाडेका हुन् ।

वाम गठबन्धनको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबारनै नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटार छोडेर बुढानिलकण्ठस्थित अाफ्नो निजी निवास सरेका हुन्।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अाठ मिहना देखि बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...