प्रदेश नं. ५ का मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ

Shankar

बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले सो प्रदेशको नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । 

प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा उनले देश र नेपाली जनताका नाममा सपथ लिएका हुन ।  मुख्यमन्त्री पोखरेलले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (एमाले) का वैजनाथ चौधरी(थारु) लाई भौतिक पूर्वाधार विकास मन्त्रीमा आज नियुक्त गरेका छन् । 

प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख निवास परिसरमा आयोजित समारोहमा उहाँहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो । 
सपथग्रहण कार्यक्रमपछि मुख्यमन्त्री पोखरेलले बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा रहेको शहीद स्मारकमा र पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...