एमाले अध्यक्ष ओली नेपालको ४१ औँ प्रधानमन्त्रीको रुपमा नियुक्त

दिउसो ४ बजे सपथग्रहण

Kp oli 710x434

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अाज नै प्रधानमन्त्री नियुक्त भएका छन् । बहुमत प्राप्त दलको हैसियतमा वाम गठबन्धनका तर्फबाट बिहान अोलीले राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादी नेताहरु बिहान शितल निवास पुगेर दाबी पेश गरेका थिए ।  

ओलीलार्इ प्रधानमन्त्री नियुक्त गरेपछि दिउसो ४  बजे शीतल निवासमा सपथग्रहण हुनेछ । बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एक-एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।

ओली प्रधानमन्त्री नियुक्त हुनु अघि एमाले संसदीय दलको पहिलो बैठकले उनलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ । एमाले संसदीय दलको पहिलो बैठक जान बस्दैछ ।

यसअघि बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...