प्रतिनिधि सभाको अन्तिम मतपरिणाम राति ८ बजेसम्म राष्ट्रपतिलाई बुझाइदै

Election commition aomkpxemxa

निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । चुनाव भएको ७० दिनपछि आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउन लागेको हो।

आयोगले दलहरुलाई समानुपातिकको सूची सच्याउन आज साँझ पाँच बजेसम्मको समय दिएको थियो।

‘सबै दलको सूची आइसकेको छ, हामी प्रतिवेदन बनाउँदै छौं, राति ८ बजेसम्म राष्ट्रपतिलाई अन्तिम मतपरिणाम बुझाउने तयारी छ,’ आयोग प्रवक्ता नवराज ढकालले भने।

मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको चुनावबाट ५ दल राष्ट्रिय पार्टी बनेका छन्। जसमध्ये एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। उसले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट जितेको छ।

समानुपातिकको ४० सहित कांग्रेसले ६३ सिट ल्याएर दोस्रो पार्टी बनेको छ । प्रत्यक्षमा ३६ सिट जितेको माओवादी केन्द्रले समानुपातिकबाट १७ सिट पाएको छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले प्रत्यक्ष क्रमशः ११ र १० सिट पाएका छन् भने समानुपातिकमा ६/६ सिट ल्याएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...