प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भोलि सपथ

Sherdhan rai

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले पोलिट्ब्युरो सदस्य एवम् प्रदेश संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् । उनलार्इ  प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् । मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...