मुख्यमन्त्री नियुक्त भएपछि राउतले भने ' प्रदेश २ लाई नमुना बनाउछु '

Lalbabu

जनकपुर । प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।

राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्, जुन बहुमत हो ।

मुख्यमन्त्री नियुक्त भएपछि संक्षित प्रतिक्रिया दिँदै राउतले विकासका लागि सबैसँग सहकार्य गर्ने बताए । साथै सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्रीको सपथ भोलि हुनेछ । सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...