एक हप्ताभित्रमा नयाँ सरकार गठन हुन्छ : उपाध्यक्ष रावल

Rawal

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताए ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले नेकपा माओवादी केन्द्र सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताए ।

देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उनको भनाइ थियो । पार्टी एकीकरण प्रक्रियाबारे पार्टीभित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको उपाध्यक्ष रावलले बताए ।

‘वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत गरेका विभिन्न निर्णयहरू आगामी सरकारले पुनरावलोकन गर्नेछ’, उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...