पदबहाली गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलले भने '१३ जिल्लामा नमूना शहर बनाउछु'

Dormani paudel cm

हेटौँडा । प्रदेश नं ३ नं प्रदेशका नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् । 

पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमूना शहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताए । उनले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानून निर्माण तथा परिमार्जन गर्ने बताए । 

मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकले ऐन कानूनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न आग्रह गरे । उनले हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा गई आजै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे । 

त्यस अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि शहीद स्मारकमा पुष्पगुच्छा चढाएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...