ओली र प्रचण्डको गोप्य गृहकार्य, जनभावना अनुसार एकता अघि बढाउने सहमति

Kp prachanda oli dahal bam

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान भएको गोप्य छलफल सकिएको छ ।

वाम गठबन्धनको नेतृत्वमा सरकार गठन र पार्टी एकताको बिषयमा अन्तिम गृहकार्य गरिरहेका दुई अध्यक्षबीच बिहान करिव दुई घण्टा वान टुवान बार्ता भएको हो ।

अाजको बार्तामा ओली र दाहालको भेटमा एकीकृत पार्टीको नेतृत्वमा केन्द्रीत रहेको र छिटै नयाँ नतिजा दिने विषयमा केन्द्रित रही छलफल भएको बताइएको छ । दुई अध्यक्षबीच भएको छलफलमा ठोस निष्कर्ष भने आइसकेको छैन । छलफलमा उठेका सवालका बिषयमा थप छलफल गर्न मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना बढेको बताइएको छ । 

ओली र दाहालबीच जनताको भावनाअनुसार एकता अघि बढाउने सहमति भएपनि ठोश निर्णय आउन सकेको छैन । आजको बार्र्तामा दुई अध्यक्षबीच एकताको बिभिन्न बिकल्पबारे छलफल भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...