राजबहादुरलार्इ बनायो एमाले प्रदेश नं ६ को सभामुखमा सर्वसम्मत

Raj 768x461

सुर्खेत ।  प्रदेश नं ६ को सभामुखमा नेकपा एमालेका सांसद राजबहादुर शाही चयन हुने भएका छन् । शाही दैलेख क्षेत्र नं. २ प्रदेश (ख)बाट निर्वाचित प्रदेशसभा सांसद हुन् । सभामुखमा एमालेका दुर्इ जना सांसदहरुले दावी गरेका थिए ।

मुख्यमन्त्रीका लागि माओवादी केन्द्रको हुने सहमति पहिले नै भएपछी एमालेको भागमा परेको प्रदेश ६ को सभामुखको उम्मेदवार शाहीलाई आज उम्मेदवार चयन गरेको हो ।

यस अघि मुगु प्रदेश (ख) बाट निर्वाचित चन्द्र शाहीले पनि सभामुखमा दावी गरेका थिए । सभामुखको टुंगो लगाउने जिम्मा प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेल र सांसद प्रकाश ज्वालालाई दिइएको थियो । अाज बसेको बैठैकमा सहमति जुटाएर राजबहादुरलार्इ सर्वसम्मत गरिएको बताइएको छ ।

सोमबार सभामुखको चुनाव हुने भएपछि एमालेले शाहीलाई सर्बसम्मत उम्मदवार बनाएको हो । सर्बसम्मत रुपमै राजबहादुरलाई सभामुखको उम्मेदवार चयन गरिएको सांसद प्रकाश ज्वालाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...