राष्ट्रियसभा निर्वाचनको अन्तिम नतिजा पुग्यो शीतलनिवासमा

Aayodhi bidhya skzhy43qcp

काठमाडौं । माघ २४ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । 

आयोग पदाधिकारीले बिहान राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर नतिजा बुझाएको आयोग प्रवक्ता नवराज ढकालले बताए । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित भएका थिए । जसमा सवैभन्दा बढि एमालेले २७ सिट जितेको थियो भने काँग्रेसले १३, माओवादी केन्द्रले १२ तथा राजपा र संघीय समाजवादी फोरमले दुईदुई सिट जितेका थिए ।

राष्ट्रिय सभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गरेपछि राष्ट्रियसभाले पुर्णता पाउनेछ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...