प्रदेश ४ को संसदीय दलकाे नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत, मुख्यमन्त्री बन्ने बाटो खुल्यो

Ps gurung

काठमाडौँ । प्रदेश ४ को मुख्यमन्त्री अथवा एमाले संसदीय दलकाे नेतामा किरण गरुङ् पछि हटेपछि केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत भएका छन् । 

सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।  पोखरेलको उपस्थितिमा लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।

दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङको दावी रहेको थियो । संसदीय दलको निर्वाचनमा प्रदेश १ र ३ मा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच गुटगत चुनाव भएको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...