प्रदेश ७ मा वाम गठबन्धनका स्नेही र महरा राष्ट्रियसभा सदस्यमा निर्वाचित

7 no pardesh

डोटी । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ७ बाट वाम गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बुधबार निर्वाचन भएको दलित सदस्य र अपांग वा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही र अपांग वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका निर्वाचन कार्यालयले जानकारी दिएको  छ । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी नै छ । प्रदेश ७ बाट निर्वाचित हुने ८ सदस्यमध्ये ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...