वर्तमान सरकारको आयु फागुन दोस्रो सातासम्म मात्र : उपप्रधानमन्त्री थापा

Kamal thapa

दोलखा । नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताएका छन्  । 

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बताए । उनले भने, “चुनाव नजिकिँदै गर्दा पार्टीमा आएको फुट, देशी–विदेशी शक्तिको चलखेल, नेपाली काँग्रेससँग मिलेर चुनावमा जानु र आप्mना उम्मेदवार कम स्थानमा उठाएका कारण चुनावमा नराम्रो पराजय बेहोर्नु परेको हो ।” 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षणका लागि दोलखाको सदरमुकाम चरिकोट आउनुभएका ऊर्जामन्त्री थापाले वर्तमान सरकारको आयु फागुनको दोस्रो सातासम्म रहेको बताए । थापाले भने, “देश समृद्धिको कडी जलविद्युत् क्षेत्र रहेकाले माथिल्लो तामाकोशीको निरीक्षण गर्न आएको हुँ ।” 

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार र बेथितिविरुद्ध सडकबाटै खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...