औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो : नेता शर्मा

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताएका छन् ।
प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।”
नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गरे ।
पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन, उनले भने “भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्ने छैन् ।”
माघ २५ गते मुख्यमन्त्रीको टुङ्गो लाग्ने निश्चित
पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले माओवादीको भागमा परेको प्रदेश नं ६ को मुख्यमन्त्रीको टुङ्गो माघ २५ गते निश्चित रुपमा लाग्ने बताउँदै यसको टुङ्गो लगाउन पार्टीको विधि पद्धतिअनुसार अघि बढ्ने धारणा व्यक्त गरे । मुख्यमन्त्री छनोटका लागि सहजीकरण गर्न आफू सुर्खेत आइपुगेको पनि उनले जानकारी दिए ।
कर्णाली सुनको डल्ला हो, कालिगढको आवश्यक छ
गरिब नागरिकको भूमिका रुपमा परिचय दिइएको ६ नं प्रदेशलाई नेता शर्माले सुनको डल्लाका उपमा दिए । “प्रदेश नं. ६ सुनको डल्ला हो, गहना बनाउने कालिगढको आवश्यक छ, त्यसको भूमिकामा प्रदेश नं ६ को सरकार रहुनुपर्दछ र हामी पनि तम्तयार हौँ,” उनले भने ।
नेता शर्माले भने“ ५२ प्रतिशत गरिबी, न्यून प्रतिव्यक्ति आय, कम औसत आयु भएको प्रदेशलाई सम्पन्न बनाउनु चुनौतीपूर्ण त छ नै तर पनि यसलाई सामना गरी अघि बढेर धनी प्रदेशमा रुपान्तरण गर्न दृढ संकल्पित छौँ ।”
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस