अस्थायी राजधानीमा सांसदलाई डेरा पाउन मुस्किल, कोठा खोज्दै बित्छ दिनचर्या
सुर्खेत । पहिलो पटक सुर्खेत झरेकी मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाएका छैनन् । यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उनलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ । गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिए ।
“सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरे, अहिले लोकप्रिय होटेलमा बसेकी छु । यहाँको बारेमा मलाई केही थाहा छैन । चिनेका साथीभाइलाई एउटा फ्ल्याट खोजिदिन भनेकी छु, पाइएको छैन ।” उनले भनिन्, “साथीभाइको सहयोगमा बल्लतल्ल पाइएको तीन कोठाको भाडा रु २० हजार भनेपछि लिन गाह्रो भयो । ”
बढी पैसा तिरेर सुर्खेतमा झर्नुपर्दाको पीडा त छँदैछ, त्यसमा झन भाडामा बस्दा ढाड सेकिन्छ, जनप्रतिनिधि भइसकेपछि जनताका थुप्रै आशा छन् तर आशा पूरा गर्न बसाइँ व्यवस्थापन गर्न सकिएको छैन, अहिलेसम्म आफूसँग आउने पार्टी कार्यकर्ता र शुभचिन्तकलाई होटेलमा नै राख्दै आएको उनको गुनासो थियो ।
त्यस्तै जाजरकोट प्रदेश (ख) बाट निर्वाचित नेकपा (एमाले)का सांसद करवीर शाही प्रदेशसभा भवन नजिको बस्ती इत्राम क्षेत्रमा कोठा भाडा खोज्न गए । त्यहाँ सबै घर भाडामा बस्ने मान्छेले भरिभराउ थिए । उनका लागि एकाध घरमा कोठा पाइए तर भाडा सोध्दा सोचेको भन्दा दोब्बर थियो । रु १० हजारसम्म अनुमान गरेको कोठाका लागि रु १८ देखि २६ हजार भाडा भनेको सुन्दा उनि केही नभनेर लुसुक्क फर्किए । ्
“अहिले साथीभाइलाई कोठा खोज्न पठाएको छु र मैले पनि खोजिरहेको छु, मिल्दो भाडा र उपयुक्त कोठा पाइएको छैन”, सांसद शाहीले भने । संसद् भवन नजिक कोठा नपाएपछि केही समयका लागि होटेलमा बसिरहेको उनले बताए ।
सुर्खेत अस्थायी राजधानी तोकिएपछि कोठा पाउन गाह्रो र भाडामा चरम महँगी भएको उनको भनाइ छ । कोठा नपाउँदा एक महिनामा तिर्ने भाडा होेटेलमा एक हप्तामै तिर्नु परेको उनको दुःखेसो थियो ।
यस्तै रुकुम प्रदेश (ख) का सांसद गोपाल शर्मा पनि अहिलेसम्म होटेलमै बस्छन् । उनले पनि संसद् भवन नजिकै कोठा खोजिरहेका छन् । राष्ट्रियसभाको निर्वाचनपछि मात्र बसाइँ व्यवस्थापन हुने सांसद शर्माको भनाइ छ ।
डोल्पा (ख) का प्रदेश सांसद बीरबहादुर शाही पनि होटेलबमै बास बसिरहेका छन् । राष्ट्रियसभाको चुनाव र संसद्को कामले गर्दा आफन्तको सहयोगमा कोठा खोजिरहेको उनले बताए । चिसो मौसममा सुर्खेत झर्ने अधिकांश डोल्पाका जनतालाई सेवा दिइरहनुपर्दा र डेरा नहुँदा होटेल खर्च बढेको उनलेले बताए ।
अस्थायी राजधानी तोकिनु पूर्व सुर्खेतमा सामान्य कोठा भाडादर भए पनि अहिले भने भाडादर ह्वात्तै बढेको सांसद शाहीले बताए । जनप्रतिनिधिका हैसियतले उनीहरुको माग सम्बोधन गर्नैपर्ने भएकाले व्ययभार थेग्न कठिन हुने प्रदेश सांसदहरुको भनाइ छ ।
उनीहरू चारजना मात्र होइन प्रदेश नं ६ का अधिकांश सांसद्को अवस्था उस्तै देखिन्छ । डेरा नपाउनेहरू कोही आफन्तकहाँ त कोही होटेलमा बस्दै आएका छन । तुलनात्मक रुपले काठमाडौँभन्दा सुर्खेतमा खाद्य वस्तुबाहेक अन्य चिजको मूल्य बढेको पाइन्छ ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस