नयाँ सरकारले भारत र चीनसँग नयाँ मित्रता कायम गर्छ : नेता खनाल

Jhalnath khanal

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताएका छन् । 

इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले अब नयाँ सरकारले भारत र चीनसँग नयाँ मित्रता कायम गरेर अगाडि बढ्नेसमेत धारणा व्यक्त गरे । 

रेमशमार्ग सम्बन्धी आइक्यापको बैठकमा एशिया, युरोप, अफ्रिकालगायत २४ मुलुकका ३८ राजनीतिक दलका नेता सहभागी थिए । सो बैठकमा वरिष्ठ नेता खनालले रेशम मार्गमा राजनीतिक पार्टीहरुको भूमिकाकाबारे चर्चा गर्नुका साथै विभिन्न देशका राजनीतिक पार्टीका नेताहरुसँग भेटघाटसमेत गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।  वरिष्ठ नेता खनाल यही माघ १७ गते सो. बैठकमा सहभागी हुन इरान गएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...