प्रदेश नं १ को पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित, सभामुखको चुनाव माघ २९ गते

Prov 1 first samsad 3

विराटनगर । प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा आज प्रदेशसभाको पहिलो बैठक बस्यो । बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सांसद ओम प्रकाश सरावगीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङद्वारा प्रदेशसभा बैठक आह्वान गरिएको पत्र पढेर सुनाउनुभएपछि राजनीतिक दलका प्रतिनिधिहरुको बोल्ने क्रम शुरु भएको थियो । 

बैठकमा ६ दलका एक–एक प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यले आ–आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको कार्य सञ्चालनका लागि नियमावली नबनेसम्मका लागि तयार पारिएको अन्तरिम कार्यविधि २०७४ लाई बैठकले पारित ग¥यो । 

सांसदहरुले प्रदेशलाई आर्थिक समृद्धिमार्फत नमुना बनाउने बताएका छन् ।उनीहरुले यस प्रदेशको जलस्रोत, पर्यटन, कृषि, उद्योगधन्दालगायत प्राकृतिक र सांस्कृतिक सम्पदाको सदुपयोग गरी नमूना प्रदेशको रुपमा विकास गर्ने उद्घोष गरेका हुन् ।

सभामुखको अनुपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन गर्न गणेश तामाङ, प्रतापप्रकाश हाङगाम, राम कुमार राई, राधा थापा र विष्णु तुम्बाहाम्फेलाई तोक्ने काम भयो । 

बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । प्रदेशसभाको अर्को बैठक माघ २९ गते सोमबार दिनको एक बजे बस्नेछ । सोही दिन सभामुखको निर्वाचन गर्ने कार्यक्रम पनि तय गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...