वाम एकता असम्भव छ, २ वर्षसम्म टिक्छ ओली नेतृत्वको नयाँ सरकार : राणा

Pasu

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनै नसक्ने दावी गरेका छन् । 

अध्यक्ष राणाले २ पार्टीबीचकै सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने सुनिश्चित भईसकेको पनि स्पष्ट पारे ।  उनले नयाँ सरकार कम्तिमा पनि २ वर्षसम्म टिक्ने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए । 

सोमबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नयाँ सरकारलाई भारत तथा चीन दुवै मुलुकको साथ रहने पनि बताए । उनले  भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण नयाँ बन्ने सरकारसँग सम्बन्ध सुधारको लागि भएको दावी पनि गरे ।  अध्यक्ष राणाले प्रदेशको राजधानी तोक्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभाकै भएको पनि बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...