मेडिकल सोसाईटीले ग¥यो निःशुल्क स्वास्थ्य परिक्षण
काठमाडौं । द्वन्द्वपीडित तथा अपाङ्ग समाज साँखुमाआश्रय लिइरहेका४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरुलाई सहयोग गरेको छ ।
यही माघ १३ गते शनिबार युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा.चन्दन रमनको नेतृत्वमा ५जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेरापिष्ट सहित संस्थकै कार्यलयमा पुगेर निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । स
स्थामा १२ बर्षका महिला, बालबालिका देखि ७८ बर्षका बृद्धले समेत आश्रय सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । सोसाईटीसँग आवद्ध चिकित्सकहरुले स्वास्थ्य उपचार सँगै न्यानो कपडा,पौष्टिक आहार वितरण समेत गरेका अध्यक्ष डा.चन्दन रमनले जानकारी दिए ।
डा.रमनका अनुसार संस्थामा उचित खानेपानीको व्यवस्थापन नहदाँ बिभिन्न किसीमका समस्याहरु देखिएको बताए । बच्चाहरुमा कुपोषणको समस्या समेत देखिन थालको छ भने अधिकाँसमा मानसीक समस्या देखिएको डा.रमनले बताए ।
उनका अनुसार संस्था आश्रय लिईरहेका सबैको शारिरिक अवस्था कमजोर रहेकाले पनि बिभिन्न प्रकारका रोगहरुले संक्रमण गर्ने सम्भावना बढी देखिएको छ । डा. रमनले अगामि दिनमा थप चिकित्स लिएर आएर संस्थामा आश्रय लिएर बसेकाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए ।
सडकमा अलपत्र परेका,अनाथ, असाहय तथा बहुअपाङ्गता भएका व्यक्तिहरुलाई संस्थाले संरक्षण दिदै आएको संस्थाका अध्यक्ष युवाराज थापाले जानकारी दिए । थापाका अनुसार समाजले हेला गरेका व्यक्तिहरुलाई संरक्षण दिईरहको बताए । थापा आफै पनि शारिरिक अपाङ्ग हुन् ।
यहाँ आश्रय लिईरहेकाव्यक्तिहरुलाई दैनिक खानपान देखि आवश्यक पर्ने गाँस बासको समेत व्यव्स्था गर्न संस्थालाई धौ–धौ परेको छ । यस्तो अवस्थामा मेडिकल सोसाईटीले आएर हेल्थ चेकअप गुर्नका संस्थाको कार्यालय साँखुमा पुगेर न्यानो कपडा, केही औषधी तथा स्वास्थ्यसम्बन्धी जानकारी दिएकोमा अध्यक्ष थापाले आभार व्यक्त गरे ।
‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको यस संस्था यस अघि स्वयम्भुमा रहेको इल्डर होममा पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरेको थयो ।
संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबाट विभिन्न ठाँउबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको आस्मा पौडेलले बताईन् । २०७४ सालमा स्थापना भएको युनाइटेड नेश्नल मेडिकल सोसाइटी अफ नेपाल प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस