बालकोटमा तयार भएको रोडम्याप खुमलटारमा गएर सहमति. ओली र प्रचण्डबीच ४ घण्टा छलफल

Oli & dahal

काठमाडौँ ।  एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रचण्ड निवास खुमलटारमा आज भएको बार्ताले एकअर्काप्रतिका आशंका र एकता विरोधी दुष्प्रचार निवारण भएको छ ।

ओली र दाहालबीच विहान ११ बजेदेखि ललितपुरको मानभवनमा एकजना व्यवसायीको घरमा भएको दुई नेताबीचको छलफल झण्डै ३ घण्टा भएको थियो ।

स्रोतका अनुसार छलफलमा एकताको आवश्यकता र अहिलेसम्म विभिन्न पक्षबाट भएका चलखेल र घटनाक्रमका बारेमा समेत समिक्षा भएको थियो । बैठकपछि आफ्ना निकटस्थसंग प्रचण्डले एकताको प्रक्रिया एक स्टेप अघि बढेर अर्को उचाईमा पुगेको बताएका छन् । स्रोतका अनुसार प्रचण्डको मनमा रहेको आशंका आजको छलफलबाट मेटिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले एकताको रोडम्यापका बारेमा विस्तृत रुपमा प्रचण्डलाई बताएका थिए । ओलीको रोडम्याप सही रहेको प्रचण्डको बुझाई रहेको स्रोतको दावी छ । बैठकले राष्टिय सभामा साझा उमेदबार विजयी बनाउने र ६ वटा प्रदेशमा बाम गठवन्धनको सरकार बनाउन तत्काल पहल गर्ने समेत निर्णय गरेको छ ।

एक हप्ताभित्र आन्तरिक गृहकार्य गरेर पार्टी एकता संयोजन समितिको बैठक बस्ने दुई नेताका बीचमा सहमति भएको छ । माघ महिनभित्रै पार्टी एकता गर्ने तयरी रहेको ओली सम्वद्ध स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...