चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

Png

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।

अस्पतालमा साउनदेखि अहिलेसम्म सम्बन्धित विषयका दक्ष चिकित्सक छैनन् । दक्ष चिकित्सक नहुँदा साधारण प्रसूति सेवाबाहेक शल्यक्रियाबाट प्रसूति सेवा दिन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए ।

पटक पटक मन्त्रालय, विभाग र परिवार स्वाथ्य महाशाखालगायत सबै निकायमा पत्राचार गरिए पनि दक्ष चिकित्सक पठाइएको छैन । अस्पतालमा मासिक रुपमा करिब १६० जनाले प्रसूति सेवा लिने गरेको तथ्यांक छ । अहिले अस्पतालबाट सामान्य प्रसूति सेवाबाहेक अन्य शल्यक्रियाबाट दिइने प्रसूति सेवा पूर्ण रुपमा बन्द भएको जनाइएको छ ।

एक सय आठ वर्षअघि स्थापित अस्पताल १५ शैया हुँदै २५ र २५ शैया हुँदै अहिले ५० शय्यामा स्तरोन्नति गरिएको एक वर्ष बितिसक्दा पनि विशेषज्ञ सेवा सञ्चालन हुन सकेको छैन । विशेषज्ञ चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल नौ जना मात्र चिकित्सक छन् । एकाउन्न स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा ३० मात्र कर्मचारी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...