कम्युनिष्ट एकता, राजनीतिक स्थिरता, स्थाई सरकारको बाटोमा मुलुक गएको छ : अध्यक्ष दाहाल
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षा समाजवादउन्मुख हुनु आवश्यक रहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन, चितवनको आठौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उले देशलाई नयाँ युगमा लानका लागि शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
देशमा समाजवादको यात्रा सुरु भएको भन्दै उनले यसको शुरुवात शिक्षा क्षेत्रबाटै हुने बताए । देशलाई नयाँ युगमा लैजान शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले यसका लागि शिक्षकहरूको सहयोगको आवश्यकता रहेको अध्यक्ष दाहालले बताए ।
समाजवाद उन्मुख शिक्षाले निजी क्षेत्रको भूमिकालाई घटाउँदै सामुदायिक क्षेत्रको भूमिकालाई बढाउने उनको भनाइ थियो । अहिलेको निर्वाचनले देशलाई समाजवादतर्फ लाने शक्तिको झण्डै दुईतिहाई आएको भन्दै यसको जग हाल्ने काम शिक्षा क्षेत्र रहेको उनले बताए । शिक्षकहरूले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले उनीहरूको सम्मान हुन आवश्यक रहेको बताए ।
सरकारले शिक्षा क्षेत्रलाई निजी क्षेत्रलाई दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आभास भएको भन्दै उनले अब शिक्षा क्षेत्रलाई अराजकता र माफियाकरणतर्फ जानबाट रोक्नुपर्ने बताए ।
वाम गठबन्धनका नेताहरू शिक्षा क्षेत्रको परिवर्तनका लागि प्रतिबद्ध रहेको बताउँदै उनले अहिले पनि सम्बोधन भएन भने शिक्षा क्षेत्रको समस्या मात्रै नभई राष्ट्रकै समस्या विकराल हुने खतराप्रति सचेत रहनुपर्ने बताए ।
कम्युनिष्ट एकता, राजनीतिक स्थिरता, स्थाई सरकारको बाटोमा मुलुक गएको भन्दै उनले शिक्षा नीतिमा आमूल सुधार गर्दै अघि बढ्नुपर्ने बताए । राजनीतिक परिवर्तनमा शिक्षकहरूले खेलेको भूमिकालाई आत्मसात गर्दै अब बन्ने सरकारले शिक्षा क्षेत्रको बेथिति रोक्नका लागि काम गर्ने अध्यक्ष प्रचण्डले बताए ।
अध्यक्ष दाहालले अहिले वाम गठबन्धन तोड्नका लागि ठूलो कसरत भइरहेको भन्दै यो दुष्चक्रमा आफूहरू नफस्ने बताए । अहिले कामचलाउ सरकारले देशलाई दूरगामी असर पार्ने निर्णयहरू गरिरहेको भन्दै उनले यसको प्रतिवाद सबै मिलेर गर्नुपर्ने बताए।
कार्यक्रममा प्रदेश सांसदहरू घनश्याम दाहाल अविनास, विजय सुवेदी, रामलाल महतो, नेपाल शिक्षक महासंघका उपमहासचिव पूर्णप्रसाद दवाडी, जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरे, संगठनका केन्द्रीय उपाध्यक्ष ईन्द्र भट्टराई, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमल घिमिरेलगायतले बोलेका थिए ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस