‍किन गर्दैछन् ओली एक्कासी अाज पत्रकार सम्मेलन ? यस्तो छ कारण

Oli

काठमाडौँ । नेकपा एमालेले अाज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ४ पत्रकार सम्मेलन गरेर सरकारका पछिल्ला निर्णयबारे एमालेले आज औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो।

सरकारले पछिल्लो समय गरेका नियुक्तिलगायतका विषयमा पार्टी अध्यक्षले धारणा राख्ने  एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

एमालेले चुनावपछि कामचलाउ भइसकेको सरकारले महत्वपूर्ण नियुक्ति लगायतका दीर्घकालीन असर पर्ने निर्णय गर्न नहुने बताउँदै आएको छ।

सरकारले बुधबारमात्रै ६५ वर्षमै वृद्धभत्ता र भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो।  राज्यकोषमाथि थप व्ययभार  पर्ने गरी वृद्धभत्ताको उमेर घटाइएको भन्दै  सरकारी निर्णयको आलोचना भइरहेका बेला भावी प्रधानमन्त्रीका रूपमा हेरिएका एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...