राष्ट्रियसभा निर्वाचनका लागि कुन प्रदेशमा कति उम्मेदवार ?

प्रदेश नं १
यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं १ मा आज अपराह्न ४ बजेसम्म तीन पार्टीबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ ।
दर्ता गर्ने उम्मेदवारमा वाम गठबन्धनबाट महिला दुई, खुल्ला तीन, दलित एक र अल्पसंख्यकबाट एक गरी सात जना छन् । यस्तै, नेपाली काँग्रेसबाट महिला एक, खुल्ला एक, दलित एक र अल्पसंख्यकबाट एक गरी जम्मा चारजनाले मनोनयनपत्र दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा एकजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट महिला सदस्यमा विना पोखरेल (मोरङ), नेकपा (एमाले)बाट महिला सदस्य नैनकला ओझा (मोरङ), खुल्लाबाट एमालेका हरिचरण शिवाकोटी (झापा), पर्शुराम मेघी गुरुङ (संखुवासभा), खड्गबहादुर बस्नेत (मोरङ) र अल्पसंख्यकमा अगम वान्तवा (इलाम) उम्मेदवार छन् ।
कांग्रेसबाट खुल्लामा रमेशजंग रायमाझी (मोरङ), महिलामा सरिता प्रसाईं (झापा), दलितबाट विनकुमार विश्वकर्मा (झापा) र अल्पसंख्यकबाट महेश जाजुले सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बाताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी परेको छ । महिला सदस्यमा माओवादी केन्द्रका विना पोखरेल, एमालेका नैनकला ओझा र कांग्रेसका सरिता प्रसाईंको मात्र उम्मेदवारी परेकाले तीनैजना निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुले माघ १५ गते दावी विरोधपछि प्रमाणपत्र पाउनुहुने छ ।
प्रदेश २
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फ नेपाली काँगे्रसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले)का सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराएका हुन् ।
महिला सदस्यतर्फ काँगे्रसका मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहालले उम्मेदवारी दर्ता गराएकी छन् ।
अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । दलिततर्फ संघीय समाजवादी फोरम नेपालका रामपृत पासवानले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नं २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका २७२ गरी ३७९ जना मतदाता छन् ।
प्रदेश नं ६
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट चार, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार दलित सदस्यतर्फ दुई, महिला सदस्यतर्फ चार अपाङ्ग÷अल्पसंख्यकतर्फ दुई र अन्यमा चार जनाको उम्मेदवारी परेको छ ।
काँग्रेसबाट दलिततर्फ सल्यानका ७० वर्षीय मित्रलाल सार्की, महिलातर्फ मुगुकी सूर्यदेवी मल्ल, खुल्लातर्फ कालीकोटका ७२ वर्षीय विष्णुबहादुर शाही र अपाङ्गतर्फ पश्चिम रुकुमका ६८ वर्षीय गोपालप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट दलिततर्फ कालीकोटका ५५ वर्षीय नरपति लुवार, हुम्लाकी कविता बोगटी र सुर्खेतकी नन्दा चपाई, खुल्लातर्फ जाजरकोटका भैरवसुन्दर श्रेष्ठ र पश्चिम रुकुमका ठगेन्द्रप्रकाश पुरीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै माओवादी केन्द्रबाट महिलातर्फ मुगुकी युटुन तामाङ, खुल्लातर्फ जाजरकोटका कालीबहादुर मल्ल र अपाङ्ग÷अल्पसंख्यकमा कालीकोटका जीवन बुढाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभामा ६ नं प्रदेशबाट महिला तीन, अपाङ्ग÷अल्पसंख्यक एक, दलितबाट एक र अन्यबाट तीन जना निर्वाचित हुनेछन् ।
वारेसमार्फत उम्मेदवारी दर्ता
माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा सिफारिश भएकी मुगुकी तामाङले हेलिकोप्टर नपाउँदा वारेसमार्फत उम्मेदवारी दिइन ।
खराब मौसमका कारण हेलिकोप्टर नउडेपछि उहाँले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । तामाङले माओवादी केन्द्रका केन्द्रीय सदस्य मुगुका कालीबहादुर रावललाई वारेस राखेर उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमाले र माओवादी केन्द्रले भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रको सहमतिअनुसार एमालेले पाँच र माओवादी केन्द्रले तीन उम्मेदवारलाई मैदानमा उतारेको छ ।
यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ६ का नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्य गरी १९८ मतदाता रहेका छन् ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस