नेपाल र भारत सीमा विवाद अन्तर्राष्ट्रिय सिद्धान्तको आधारमा समाधान गर्नुपर्दछ
काठमाडौँ । नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि आज प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनिहरुले नेपाल र भारतबीच रहेका सीमा विवाद अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
सो अवसरमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल र भारतबीच देखिएका सीमा समस्या अन्तर्राष्ट्रिय सीमाको आधारमा समाधान गर्नुपर्ने बताउँदै नेपालमा कालापानी र सुस्ता बाहेक कुनै पनि ठाउँमा सीमा समस्या र विवाद नभएकोले छपकैयामा सुगौली सन्धिको आधारमा सीमा नक्सा बनाएको स्पष्ट पारे ।
पहिलेको सीमा नक्सा अझै पूर्णता नभएकाले त्यसलाई पूर्णता दिने काम भइरहेको बताउँदै उनले सीमा नक्सामा भएका कमजोरी सच्चाई नेपालको भूमि भारतीय पक्षबाट अतिक्रमण हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारत दुबै छिमेकीमुलुक भएकाले आफ्नो अखण्डता र सार्वभौम कायम राखेर सीमा समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै दुई देशको सीमा प्राविधिकले कोरेको हुनाले दुबै देशको उच्चस्तरीय समूहले छपकैयाका विषयमा उठेका विवाद समाधान गर्नुपर्ने बताए ।
‘‘छपकैयाका विवाद अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको आधारमा समाधान गर्नुपर्दछ’’ उनले भने–‘‘यदि छपकैयाका विषयलाई समाधान नगर्ने हो भने अरु ठाउँमा पनि विवाद आउन सक्दछ ।’’
सीमाविद् श्रेष्ठले छपकैयमा आएर भारतले सीमा अतिक्रमण गरको छैन भन्दै नेपालीले भोगचलन गरेको भूमि भारतमा परेको बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले छपकैयामा भारतीय पक्षले गाडेको पिलर हटाउनुपर्नेमा जोड दिदैं ‘‘छपकैयामा गाडिएको पिलर नहटाएपछि भारतले अन्य ठाउँमा पनि नेपालको भूमि अतिक्रमण गरेर पिलर गाड्न सक्दछ, त्यसैले अहिले गाडिएका पिलर हटाउनुपर्दछ,’’ भने। उनले सिंगो सीमाका बारेमा राष्ट्रिय नीति ल्याउनुपर्नेमा पनि जोड दिए ।
नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले देशभित्रको राजनीतिक देशभक्ति भावना नभएका कारणले पटक÷पटक भारतले नेपाली सीमामाथि अतिक्रमण गरेको उल्लेख गर्दै नेपाल भारत सीमा समस्या बारे सरकारीस्तरबाट नै स्थायी समाधान खोज्नुपर्र्ने बताए ।
अनेरास्ववियुका अध्यक्ष नविना लामाले प्रतिवेदन प्रस्तुत गदै पर्साको छिपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले तीन किलोमिटर दुरीको ठाउँठाउँमा नेपाली प्रमाणित भूमि भारतले अतिक्रमण गरेको देखिएको जानकारी दिइन् ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सुगौली सन्धिका आधारमा सीमा नक्सा बनाइ पनि नेपालपक्षसँग नदी सीमानाको भरपर्दो तथ्याङ्क नहुने र नेपाली प्राविधिक टोलीको कमजोरीका कारण भारतीय पक्षले सीमा नक्सा गलत तरिकाले राखेको बताए ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस