कालिकोटमा भाइरल ज्वरोबाट ३ को मृत्यु

Health

कालिकोट । खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ र ४ मा फैलिएको भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरलले अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

वडा नम्बर २ को मेग्र, थानकोट, गैरागाँउ, पोरीपाल्नी र वडा नम्बर ४ को ताडीका दलित भाइरल ग्रस्त बनेको छ । एक सातादेखि फैलिएको रुघाखोकी र ज्वरो भाइरल बनेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भाइरलबाट सदरमुकाम नजिकैको ताडीको दलित बस्तीमा ३ जना शिशुको मृत्यु भइसकेको छ । गाउँका अधिकाँश परिवार बिरामी छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा। कौशल अलीले भाइरलको फैलिएको सूचना ढिलो गरी प्राप्त हुँदा त्यसले महामारीको रुप लिएको बताए ।

डा. अलीका अनुसार ४ हजार जनसंख्या रहेको वडा नम्बर २ मा ५ सय ४४ जनामा भाइरल देखिएको छ । वडा नम्बर ४ मा २ सय ७० प्रभावित छन् । उनीहरु सबैको उपचार गरिएको छ । भाइरल प्रभावित क्षेत्रमा एक ट्रक औषधीसहित स्वास्थ्यकर्मी टोली खटाइएको अलीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...