तनावग्रस्त धनकुटा, अनिश्चितकालिन कर्फ्यू,आन्दोलनकारी र प्रहरीबीच ढुंगा हानाहान

Dhankura

धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू अादेश जारी गरेकाे  बताएको छ ।

पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको हो । आन्दोलनका क्रममा भएको झडपमा ३ जना घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच अहिले ढुंगा हानाहान भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...