लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा

काठमाडौँ । “उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो ।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई भने, “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख मानिने प्रस्तर मूर्तीहरु पनि पाइएका थिए । त्यसको उचित संरक्षण गर्न सक्नुपर्छ ।”
जोशीले पछिल्लो पुस्तक ‘नेपाली कलाको रुपरेखा (प्राचीन र मध्यकालीन)’ उपहार दिएपछि महासचिव पोखरेलले कैलाशकुट दरबारको इतिहासबारे चासो राख्दा उक्त दरबार हाँडीगाउँमै भएको आधिकारिक दस्तावेज भने हालसम्म नपरेको जवाफ पाए । प्रायः इतिहास, संस्कृतिका अध्येता र सञ्चारकर्मी पुग्ने जोशी निवासमा आज राजनीतिक नेता पुगेर विभिन्न चासो राखेपछि जोशीले खुशी हुँदै भने, “आज मेरो घर पवित्र भयो ।”
प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँ निर्वाचन क्षेत्र नंं ५ बाट उम्मेदवार बन्दा इतिहास, धर्म र संस्कृतिसम्बन्धी गरेका विकासका प्रतिबद्धता पूरा गराउने क्रममा संस्कृतिविद् जोशीसँग नवनिर्वाचित सांसद पोखरेलले आज करिब दुई घण्टा भलाकुसारी गरेका थिए ।
नेपालको इतिहासको स्वर्णकाल मानिने लिच्छविकालका राजा अंशु वर्मा र मानदेवले हाँडीगाउँबाटै शासन चलाएको मानिन्छ । दुई दशकअघि मालीगाउँमा स्थानीयवासी रामभक्त खड्काले घर बनाउन जमिन खन्दा संवत् १०७ का राजा जय वर्माको ढुंगाको मूर्ति फेला परेको र हाल त्यसलाई छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको जोशीले जानकारी दिनुभयो । त्यसपछिको अभिलेखमा संवत् ३८७ मा राजा मानदेवले आफ्ना पिता धर्मदेवको स्मृतिमा लाजिम्पाटको धोबीचौरमा विष्णु विक्रान्तको मूर्ति बनाएको भेटिएको छ ।
महासचिव पोखरेलले निर्वाचन घोषणापत्रमा “लिच्छविकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने र हाँडीगाउँको पञ्चधाराको पुनःनिर्माण, टोखालाई ऐतिहासिक र सांस्कृतिक नगरीका रूपमा विकास गरिने” उल्लेख गरेका थिए ।
यस्तै विष्णु–बूढानीलकण्ठ (नारायणस्थान), टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्यलाई व्यवस्थित गरिने तथा धार्मिक–सांस्कृतिक गन्तव्यका रूपमा प्रवद्र्धन गरिने उनको प्रतिबद्धता छ । क्षेत्रका धार्मिक आस्थाका चैत्य, गुम्बा, मस्जिद, चर्च तथा पुरातात्विक महत्वका मठ, मन्दिरको संरक्षण र विकास गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गरे ।
हाँडीगाउँवासीले लिच्छविकालीन शैलीको कैलाशकुट दरबार बनाउने इच्छा गरेकाले आफूले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको सुनाएपछि संस्कृतिविद् जोशीले “चाहेमा गर्न सकिने” जनाउ दिए ।
धर्मपत्नी मीरा ध्वजू, एमाले केन्द्रीय सदस्य सूर्य थापासहित पुगेका महासचिव पोखरेलले जोशीका जीवनमा उकाली ओराली र उनले गरेका लोक सांस्कृतिक अध्ययन, प्रकाशनबारे जिज्ञाशा राख्दा जोशीले रोचक शैलीमा संस्मरण सुनाएका थिए ।
जोशीले आफूले मदन पुरस्कार पाएको कर्णालीको लोक संस्कृतिसम्बन्धी र चीनमा बस्दा माओत्सेतुङका कविताको आफूले गरेको अनुवादको पुस्तक घरभित्रबाट खोजेर ल्याए देखाए । ‘अरनिकोकृत श्वेतचैत्य’ र अन्य कृति पनि देखाए । महासचिव पोखरेलले पनि आफूलाई सिकारु लेखक भन्दै ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ दुई पुस्तक जोशीलाई उपहार दिए ।
तुल्सीलाल, मनमोहन अधिकारी, सिद्धिलाल सिंहलगायत कम्युनिष्ट नेतासँगका दुःखदायी जीवनीका सन्दर्भ जोशीले सुनाएपछि महासचिव पोखरेलले प्रतिज्ञा गर्दै भने, “हो, त्यसबेलाका नेताले धेरै दुःख पाएका थिए । हामीले पनि दुःखको धर्ती छाड्नु हुँदैन, त्यसको जमिनमा टेकेर अघि बढ्नुपर्छ ।”
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस