मन्त्रिपरिषद बैठक स्थगित, प्रदेश प्रमुख र मुकाम तोक्नुअघि दलहरुसँग छलफल गर्दै सरकार

Cabinet

काठमाडौं । मंगलबार दिउँसो साढे ४ बजे बोलाएको मन्त्रिपरिषद  बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित भएकाे छ ।

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टीभित्र छलफल गरेर राजनीितक सहमतिको प्रयास गर्ने तयारी गरेपछि बैठक स्थगित भएको हो ।

प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ पनि लिन पाएका छैनन् । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।

मन्त्रिपरिषद बैठक अब बुधबार बिहान बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...