छिन्ताङ हत्या काण्डमा मारिएका १६ जना ३८ बर्षपछि शहीद घोषणा
मन्त्रिपरिषद्को बैठक राजनीतिक नियुक्ति र कर्मचारी बढुवामा केन्द्रीत्

काठमाडौँ । सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
पञ्चायती व्यवस्थाको विपक्षमा तथा प्रजातन्त्रको पक्षमा संलग्न भएको आरोपमा तत्कालीन राज्यसत्ताले दमन गरी होनहार व्यक्तिको ज्यान लिएको घटनालाई छिन्ताङ हत्या काण्ड भनिँदै आएको छ ।
सरकारले न्याय सेवाको विशिष्ट श्रेणी (मुख्य रजिष्टार) मा सोही सेवाका रजिष्टार महेन्द्रनाथ उपाध्यायलाई पदोन्नति गर्ने निर्णय पनि गरेको छ । बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैठकले लाइभ स्टक सेन्टर इनोभेसन आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु आठ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिए ।
सरकारले आगामी वैशाख १ देखि आर्थिक गणना गर्न २०७५ सूचित आदेश जारी गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा स्थानीय बढुवा गरी युन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
प्राविधिक महासेनानी गेहेन्द्रराज महर्जनलाई सहायक रथीमा बढुवा गरिएको छ । आजको मन्त्रिपरिषद्को बैठकमा प्रदेश प्रमुख र राजधानीका विषयमा सामान्य छलफल भए पनि राजनीतिक दलसँग पुनः छलफल गरेरमात्र अघि बढ्ने कुरा भएको बताइएको छ ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस