नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न, यी हुन् पारित गरेका महत्वपूर्ण प्रस्तावहरु

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको पार्टीले आज जानकारी दिएको छ ।
परिषद्ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, भूकम्पपीडितको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पूँजीलाई दिने, वर्षेनी आउने शीतलहरको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव पारित गरेको नेमकिपाले जानकारी दिएको छ । त्यस्तै नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बा“ध र तटबन्ध भत्काउनुपर्नेमा राष्ट्रिय प्रस्ताव पारित गरेको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय प्रस्तावतर्फ इरानको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, क्युवा र प्रजग कोरियाविरूद्ध अमेरिकाले लगाउ“दै आएको नाकाबन्दी, संयुक्त राष्ट्रसंघको निर्णय विपरीत अमेरिकी साम्राज्यवादले इजरायलको राजधानी जेरूसेलम घोषणा गरेकामा विरोध गरिएको छ ।
परिषद्ले पार्टीको ४४औँ स्थापना दिवस (माघ १० गते)लाई पार्टीको इतिहास, गतिविधि, प्रकाशन अध्ययन गरी छलफल र गोष्ठीसहित मनाउने निर्णय गरेको छ । त्यस्तै कार्ल माक्र्सको द्विशतवार्षिकी सन् २०१८ मई ५ को अवसरमा वर्षभरि नै युरोपको इतिहास र भूगोल, माक्र्स र एंगेल्सको जीवनी, कम्युनिष्ट घोषणापत्र, पूँजीलगायत अन्य माक्र्सवादी साहित्य अध्ययन तथा प्रकाशन गरी छलफल गोष्ठीसहित मनाउने निर्णय गरेको छ ।
परिषद्ले मोहनप्रसाद प्रजापति र राजवीर डंगोललाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको, छ भने सुरेन्द्रराज गोसाईं, सिर्जना सायजू र राजेन्द्र चवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । परिषद्ले पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गरेको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित गरेको नेमकिपाले जानकारी दिएको छ ।
केन्द्रीय समितिको प्रतिवेदनमा पार्टी गतिविधि, संसद्मा नेमकिपाको संघर्ष, तीन प्रतिशतको मतसीमाविरूद्ध सर्वोच्चमा रिट, सभामुखको निरङ्कुशताविरूद्ध संसद्मा नारा, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावको क्रान्तिकारी उपयोग, पूँजीवादी पार्टीबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, राष्ट्रियसभाको निर्वाचन लगायतबारेमा उल्लेख गर्दै चर्चा गरिएको थियो ।
परिषद्मा पार्टी केन्द्रीय सदस्यहरू, पार्टी जिल्ला समिति, जनवर्गीय संगठन र पेशागत संगठनको केन्द्रीय प्रतिवेदन पेश गरिएको थियो । परिषद्मा अध्यक्ष बिजुक्छेले पूँजीवादी व्यवस्थामा देश र जनता हित नहुने भएकाले माक्र्सवाद–लेनिनवादको उदय भएको दाबी गर्दै गर्दै नयाँ पुस्तालाई माक्र्सवाद–लेनिनवादबाट शिक्षित बनाउनुपर्ने बताए ।
उनले पटकपटक सरकारको नेतृत्व गरेका तर देश र जनताको लागि केही नगर्ने पार्टीहरूले नै चुनावमा आचारसंहिता उल्लङ्घन गरेको टिप्पणी गर्दै जनताले दिएको मत खेर गएको जिकिर गरे ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस