प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन, प्रमुखको नियुक्ति छिट्टै हुन्छ : मन्त्री थापा

पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा बिहिबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उनले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको स्पष्ट पारे ।
प्रदेश सभाको कार्य सञ्चालन गर्ने स्थान तोक्ने र प्रदेश प्रमुखको नियुक्ति भने छिट्टै गरिने बताउँदै मन्त्री थापाले निजी क्षेत्रलाई अलग गरेर मुलुकको समृद्धि र आर्थिक विकास सम्भव नहुने विचार व्यक्त गरे ।
प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले मेला र महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने बताउँदै भ्रष्टाचारलाई अन्त्य गरी अब सत्ता पक्ष र प्रतिपक्षी विकास र समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने धारणा राखे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, महासंघको प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइराला, प्रजिअ तारानाथ अधिकारी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी लगायतका वक्ताले मेलाको उपादेयतामाथि प्रकाश पारेका थिए ।
‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु गरिएको सो मेला माघ ८ गतेसम्म चल्नेछ । मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, बैंकिङ, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्री–वितरणका लागि २९० वटा स्टल राखिएको छ ।
मेलालाई थप आकर्षण बनाउन लोकदोहोरी, नेपालका ख्यातिप्राप्त ब्याण्डको सांगीतिक कार्यक्रम, लोक नृत्य, रत्यौली प्रतियोगिता जस्ता कार्यक्रम पनि राखिएको छ । टिकट काटेर मेला अवलोकन गर्ने एकजना भाग्यशाली दर्शकलाई मेलाको अन्तिम दिन लक्की ड्रबाट एकवटा कार दिइने बताइएको छ ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस