'पुर्खाले लडेर बचाएका हुन्, हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपालीको स्वाभिमान बच्छ': अध्यक्ष ओली

Oli kp

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् । 

राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश दिँदै अध्यक्ष ओलीले नेपाली जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने जिम्मा वाम गठबन्धनलाई दिएकाले जनमतको कदर गर्दै आफूहरु अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

“हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्, अब हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ” उजले सन्देशमा भनेका छन्, “नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्नेहरु अब कमजोर भइसकेका छन् ।” 

अध्यक्ष ओलीले पृथ्वीनारायण शाहले नेपालका विभिन्न भूभागलाई एकीकृत गरी अखण्ड राख्न योगदान दिएको उल्लेख पनि गरेका छन् । आज मनाइने एकता दिवसका लागि सरकारले राष्ट्रिय बिदा दिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...