नियमित स्वास्थ्य परीक्षणका लागि ओली साढे १२ बजे बैंकक जादैँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदै छन् । उनी दिउँसो साढे १२ बजे बैंकक जान लागेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
‘स्वास्थ्य परीक्षण गरेर सोमबार स्वदेश फर्कने कार्यक्रम छ,’ अधिकारीले भने । एमाले र माओवादीको एकता संयोजन समितिको बैठकले ओलीको थाइल्याण्डबाट फर्केपछि पार्टी एकतालाई थप गति दिने निर्णय गरेको छ। मंगलबार बसेको संयोजन समितिको बैठक ओली फर्किएपछि मात्र बस्नेछ
प्रतिकृया दिनुहोस