वाम गठबन्धको सरकारले देशलाई विकास र समृद्धिमा लैजान्छ : उपप्रधानमन्त्री महरा

तुलसीपुर । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर पश्चिम नेपालको ‘हव’ बनाउनका लागि मुगुको रारासँग जोड्ने गुरुयोजना बनाएर अगाडि बढ्ने बताएका छन् ।
मंगलबार तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकालाई आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा उनले समग्र दाङको विकासका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताए ।
उनले वाम गठबन्धको अब बन्ने सरकारले देशलाई विकास र समृद्धिमा लैजाने पनि बताए । उनले दाङ प्रदेश नं ५ को राजधानी बन्नेमा आफू विश्वस्त रहेको र यदि कदम कदाचित दाङलाई राजधानी बनाउनबाट रोके आफूहरु नागरिक सँगसँगै आन्दोलनमा जाने पनि चेतवानी दिए ।
सोही कार्यक्रममा दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका हिराचन्द्र केसी, प्रदेश सभामा दाङ ३ को २ बाट निर्वाचित हुनुभएका उत्तरकुमार वलीले निर्वाचनका क्रममा आफूले जनतासँग गरेका वाचा पूरा गर्न सक्दो पहल गर्ने बताए ।
सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीलगायतकाले मन्तव्य दिएका थिए ।
कार्यक्रम तुलसीपुर नगर विकास मितिका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता र सञ्चालन रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस