राष्ट्रियसभाको निर्वाचनपछि मात्र सरकारको गठन प्रक्रिया शुरु हुन्छ : नेता खाँड

काठमाडौँ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने बताएका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र एउट सत्र पूरा हुन्छ र नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ भने ।
संघीय संसद्को निर्वाचनबाट १६५ सदस्य निर्वाचित भइसकेको भएपनि संघीय संसद्मा रहेका राजनीतिक दलले आफ्नो तर्फबाट एक तिहाइ महिला निर्वाचित गरेर पठाउने काम बाँकी रहेको र २७५ सदस्यीय सांसदले पूर्णता पाइसकेको अवस्था नरहेको खाँडले बताए ।
प्रदेश प्रमुखको नियुक्तिका लागि सरकारले गृहकार्य गरिरहेको र अस्थायी राजधानीको घोषणा प्रदेशसभाले नै गर्नु संविधानसम्मत हुने उनले धारणा राखे ।
नेता खाँडले नेपाली काँग्रेस अहिले सामूहिक नेतृत्वमा अघि बढिरहेको, बिपी र कृष्णप्रसाद भट्टराईको पालामा जस्तो अध्यक्षात्मक शैलीमा जाने भन्ने विषयमा नेपाली काँग्रेसभित्र गम्भीर बहस भइरहेको बताए ।
त्यस्तै महासमितिको बैठक तथा पार्टीभित्रको मतमतान्तरका बारेमा पनि नेता र कार्यकर्ताबीच छलफल चलिरहेको उनले उल्लेख गरे ।
अर्को प्रसंगमा डा गोविन्द केसीले उठाएको मुद्दा महत्वपूर्ण रहेको तर आफूहरुको सर्वोच्च अदालतको निर्णयप्रति पनि सम्मान रहेको खाँडले बताए ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस