विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यान्वयन गर्न नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघले संविधानबमोजिम सबै नियमित विद्यार्थीमा निःशुल्क स्वास्थ्य बीमा अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको एक टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यस्था गर्न माग गरेको हो ।
यस्तै संविधानको भाग ३ को धारा ३३ अनुसार युवा बेरोजगारीलाई बेरोजगार भत्ता दिनुपर्ने, प्राविधिक उच्च शिक्षाको ग्यारेण्टी गर्न एक÷एक मेडिकल कलेज, इञ्जिनयर कलेज, कृषि क्याम्पस तत्काल स्थापना गनुपर्नेमा पनि जोड दिइएको छ ।
नेविसंघले सबै क्याम्पसमा विद्युतीय पुस्तकालयको व्यवस्था हुनुपर्ने, लाभधाङ्कपत्र धितो राखेर सहुलियत ऋण लिन पाउनुपर्ने, प्रत्येक वडामा दुई÷दुईवटा बालविकास केन्द्र स्थापना गर्नुपर्ने, निर्वाचनमा घाइते भएका नेविसंघ केन्द्रीय सदस्य मीरा कटुवालको उपचार तथा क्षतिपूर्ति तत्काल व्यवस्था गर्न माग पनि गरेको छ ।
भेटमा प्रधानमन्त्री देउवाले विद्यार्थीले शिक्षा र स्वास्थ्यको विषयमा राखेको माग जायज भएकाले यसमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेविसंघ सहमहामन्त्री प्रेमप्रसाद जैसीले जानकारी दिए ।
नेविसंघले आफूहरुले राखेको माग सुनुवाइ नभए हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, धर्ना तथा दबाब ¥यालीलगायतका कार्यक्रम गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस