प्रदेश प्रमुख समाजका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई नियुक्त गर्ने : मन्त्री थापा

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्र दिवस (फागुन ७ गते) पछि मात्र नयाँ सरकार गठन हुनसक्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा अाइतबार आयोजित साक्षात्कारमा उनले सकेसम्म प्रदेश प्रमुखको नियुक्ति सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट टुंगो लगाउन प्रयत्न हुने जानकारी दिए ।
प्रदेश राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतबाट छिनोफानो गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले सरकारले तत्काल कार्य सञ्चालन गर्न स्थान तोक्नसक्ने बताउँदै मन्त्री थापाले प्रदेश प्रमुखको अपरिहार्यलाई सबैले स्वीकार गरेको हुँदा सरकारले समाजका विभिन्न क्षेत्रमा ख्याति पाएका व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिरहेको बताए ।
प्रदेश प्रमुख र प्रदेशको तत्काल कार्य सञ्चालन गर्ने स्थानका बारेमा मतैक्यता कायम गर्न सहमतिका लागि गरेको प्रयास सफल नभए पनि सरकारले राजनीतिक दलको भावनालाई बुझेर अघि बढ्ने मन्त्री थापाले प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस