राष्ट्रवादी शक्तिलाई एकताका लागि राप्रपाको आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
यही पुस १९ गतेदेखि शुक्रबारसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गर्दै राष्ट्रवादी शक्तिबीच एकताको पहल गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए । बैठकले चुनावमा पराजयका निमित्त लोकतान्त्रिक गठबन्धनससँग गरिएको तालमेल पनि कारणका रुपमा रहेको जनाएको छ ।
लिखित रुपमा भएको सम्झौतानुरुप नेपाली काँग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारीपूर्ण सहकार्य नहुनु पराजयको अर्को कारण भएको ठहर गरिएको छ ।
चुनावमा पार्टीको अप्रत्याशित परिणामको कारण र आधारबारे विस्तृत अध्ययनअनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न बैठकले डा विष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य रहेका छन् ।
आगामी माघमा देशका सम्पूर्ण जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा फागुनको दोस्रो हप्तामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि गरिएको छ । निर्वाचनमा झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित पार्टी महामन्त्री राजेन्द्र लिङ्देनलाई बैठकले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
मुलुक र पार्टीको सामुन्ने विद्यमान चुनौतीको सामना गर्दै राप्रपालाई देशको अग्रणी शक्तिका रुपमा स्थापित गर्ने क्रममा पार्टीको वैचारिक एवं सांगठनिक कार्यदिशा, रणनीति र कार्यक्रम तयार गर्न केन्द्रीय परिषद्को बैठक आगामी फागुनको अन्तिम हप्ता वीरगञ्जमा आयोजना गरिने भएको छ । त्यस्तै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णयसमेत पार्टीले गरेको छ ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस