संवैधानिक प्रक्रिया पूरा नभए सम्म सत्ता हस्तान्तरण गर्दैनौँ : मन्त्री बस्नेत
सिन्धुपाल्चोक । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार इमान्दारिताका साथ प्रयत्नशील रहेको बताएका छन् ।
मन्त्री बस्नेतले शुक्रवार सिन्धुपाल्चोकको बाह्रबिसे–ओमपार्क सडक आयोजनाको शुभारम्भ गर्दै लामो संघर्षपछि मुलुकले प्राप्त गरेको संविधानको अक्षरशः पालना गर्न सरकार लागिपरेको बताए ।
निर्वाचन आयोग र प्रमुख दलहरुको परामर्शमा सरकार राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको अवगत गराउँदै उनले त्यसपछिका कानूनी प्रावधान पूरा गरेर नयाँ सरकार गठन हुने विचार व्यक्त गर्नुभयो । सडक पूर्वाधारले मात्र विकासका अन्य ढोका खुल्न गई दिगो र सन्तुलित विकास हुने उनको भनाइ थियो ।
सडक आयोजनाको समयमै गुणस्तरीयरुपमा सम्पन्न गर्न स्थानीयवासीको सहयोग र योगदान आवश्यक रहेकामा जोड दिँदै उनले भने, “बाह्रबिसे–ओमपार्क सडक आयोजना यस क्षेत्रका जनताको पर्यटकीय, कृषि र सहज यातायातका लागि महत्वपूर्ण छ ।”
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले मुलुक संघीयतामा गइसकेको र त्यसलाई संस्थागत गर्न सरकारले जनताका दैनिक जीविकोपार्जनका आवश्यकता पूर्ति गर्न भरमग्दुर काम गरिरहेको बताए ।
कूल १४.२ किलोमिटर लम्बाइको उक्त सडक रु ३३ करोड ३० लाख १८ हजार ५३५ को लागतमा निर्माण हुने सडक विभागले जनाएको छ ।
विसं २०७४ असारदेखि प्रारम्भिक पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजना २०७७ असारमा सम्पन्न हुने संयुक्त लगानीकर्ता (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस