राजा र राणाहरुलार्इ गाली गर्ने दिन गए, अब गाली खाने पालो नेताहरुको अायो : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएका छन् ।
चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिए ।
राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए । उनले नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघसमेतको निर्वाचन सम्पन्न भएकाले राजनीतिकरुपमा ऐतिहासिक परिवर्तन भयो अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्छ भने ।
उनले भने, “हामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ । त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जानेछ ।”
अहिलेसम्म हामीले राजा र निरंकुशलतालाई दोष दिएको भन्दै उनले अब हामीले दोष लगाउने कुनै ठाउँ नभएको बताए । उनले भने, “हामी नयाँ संकल्प र प्रतिबद्धताका साथ विकास र समृद्धिलाई गति दिन सकिएन त्यसको सबैभन्दा ठूलो दोषी तपार्इं हामी सबै हुने स्थिति आउँछ ।” यो परिवर्तनलाई संस्थागत गर्दै दुई ठूला देशको बीचमा रहेर छिटोभन्दा छिटो उनीहरुको विकासबाट लाभ लिन सक्नुपर्ने बताए ।
त्रिदेशीय साझेदारीले हामी अघि बढ्ने प्रचुर सम्भावना रहेको भन्दै अध्यक्ष दाहालले भने, “हामी सबैले एकचोटी संकल्प गरेर अब पाँच वर्षभित्र कम्तीमा नेपाली जनतालाई एउटा नयाँ युग आएको हो भन्ने अनुभूति गराउनुपर्छ ।”
आउँदो दशक नेपालको समृद्धिको दशकका रुपमा हामीले संसारलाई चिनाउनु पर्ने उनेले बताए । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले चितवन जिल्ला नेपालको आर्थिक विकासको राजधानी हुने बताए ।
आर्थिक विकाससँग जोडिएको हुनाले चितवनको भविष्य र चितवनले खेल्नुपर्ने भूमिका सिँगै नेपालको आर्थिक विकासको निम्ति अग्रणी भएको उनले बताउनुभयो । देशको मध्यभागमा रहेकाले चितवनलाई आर्थिक ‘हब’ बनाउन सकिने सम्भावना रहेको पनि अध्यक्ष दाहालको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलले देशको आर्थिक विकासका लागि चितवनका उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । चितवनलाई देशको आर्थिक राजधानीको रुपमा विकास गर्न सकिने उनले बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, औद्योगिक क्षेत्र व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष नन्दकिशोर बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट, संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले बोलेका थिए ।
संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा महिला उद्यमी शान्ता पोखरेल न्यौपानेलाई सम्मान गरिएको थियो ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस