ठूला दलले नै जबर्जस्ती लागू गरेको संविधान बाधक बन्यो नयाँ सरकार गठनमा : अध्यक्ष यादव

Upendra

राजविराज ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन् । 

सप्तरीको राजविराजमा शुक्रबार बिहान कार्यकर्तासँगको भेटका क्रममा उनले अन्य धेरै ठाउँमा संवैधानिक जटिलता रहेकाले संविधान संशोधन गरेमात्रै मुलुकले निकास पाउन सक्दछ भने । 

आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताउँदै आए पनि बलजफ्ती जारी गरेको कारण समस्या आएको समेत अध्यक्ष यादवले आरोप लगाए । संविधानमा रहेको त्रुटिपूर्ण व्यवस्थाकै कारण निर्वाचन परिणाम आइसक्दा पनि सरकार गठनमा ढिलाइ भएको समेत उनले टिप्पणी गरे । 

सरकार गठनमा देखिएको संवैधानिक अड्चनपछि जबर्जस्ती संविधान जारी गर्ने तिनै दलका नेताहरुले संविधानमा त्रुटि रहेको कुरा स्वीकार गरिरहेको उनको भनाइ थियो । 

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि सबै दल मिलेर संविधान संशोधन गर्नु नै एकमात्र विकल्प भएको जिकिर गर्नुभयो । 
‘‘प्रदेश २ का जनताले पनि संविधानमा त्रुटि रहेको कुरा निर्वाचनमार्फत व्यक्त गरिसकेकाले संशोधन अपहरिहार्य छ’’ अध्यक्ष यादवले भने । 
सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले सप्तरी जिल्लाको विकास हुन नसक्नुको मुख्य कारण विगतका सरकार भएको समेत आरोप लगाउनु भयो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...