सर्वदलीय बैठकमा देउवाले के प्रस्ताव राखे, जुन एमाले नेताहरुले ठाडै अस्विकार गरे
काठमाडौँ । नयाँ जनादेश अनुसार सरकार गठनमा ढिलार्इ भएको भन्दै वाम गठबन्धले सत्तासिनदल नेपाली कांग्रेसलार्इ सत्ता छाठ्न अनाकानी गरिरहेकाे अाराेप लागिरहेका बेला बिहिबार प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि मिति प्रस्ताव गरे ।
राष्ट्रिय सभा निर्वाचनका लागि सरकारद्वारा प्रस्तावित २५ माघको मितिलाई एमालेले स्वीकार गरेन । सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले गरेको मितिलाई एमाले प्रतिनिधिहरुले अस्वीकार गरे।
राष्ट्रिय सभाको निर्वाचन २५ माघमा गर्न प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका थिए। तर, पूर्व सभामुख समेत रहेका एमाले नेता सुवाष नेम्वाङले त्यसको विरोध गरेको बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावले बताए । उनका अनुसार एमालेकाे तर्फबाट १० माघभित्र गर्नुपर्ने प्रस्ताव गरिएको थियो ।
‘पहिले राष्ट्रिय सभा सदस्य ऐन आएन भनियो, अब राष्ट्रपतिबाट अब ऐन जारी भइसकेको अवस्था छ’ बैठकमा एमालेको तर्फबाट राखिएको अडानबारे थप जानकारी दिँदै एमाले नेताहरुले भने, ‘अनेक बहाना गरेर राष्ट्रिय सभा निर्वाचनको मिति लम्ब्याउन पाइन्न ।’
राष्ट्रिय सभा निर्वाचनको मिति २५ माघमा पुर्याउनुपर्ने कुनै कारण नै छैन। ‘बाँकी सबै निर्वाचन भइसकेका छन्, अब को को मतदाता हुन् भन्ने कुरा प्रष्ट छँदैछ’ , ‘जब मतदाता को को हुन् भन्ने प्रष्ट छ भने अब निर्वाचनको मिति लम्ब्याउने कुरा हामीलाई मान्य नहुने एमालेको धारणा छ।
प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्रलाई आधार बनाएर राष्ट्रिय सभा निर्वाचनको तिथि तोक्न ढिलाई गरिएको दावी पनि एमाले नेताहरुले गरेका थिए।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस