प्रदेश राजधानी माग्दै बालुवाटारमा धर्ना, धनकुटा बन्द, जनजीवन कष्टकर
काठमाडौँ । धनकुटालाई एक नम्वर प्रदेशको राजधानी माग गर्दै अान्दाेलन तीव्र बनाइएको छ । बिहिबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।
पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई सरकारले प्रदेश राजधानी नबनाउने षडयन्त्र गरेपछि धनकुटेली जनता लामो समयदेखि आन्दोलनमा होमिएका छन् । यसैक्रममा धनकुटाबाट राजधानी आएर बसोवास गर्दै आएका धनकुटेलीहरुले धर्ना दिएका हुन ।
धनकुटामा आन्दोलन भइरहेका बेला काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवालाई तेस्रोपटक ज्ञापन पत्र बुझाएको थियो । धनकुटाबाट काठमाडौं आएको प्रतिनिधि मण्डल र काठमाडौंमा बसोबास गर्दै आएका धनकुटेलीहरुले तेस्रो पटक धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै पटक पटक ज्ञापनपत्र बुझाएका हुन् ।
धनकुटा बन्द, जनजीवन कष्टकर
धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै गरिएको आम हड्तालले धनकुटाको जनवीवन अस्तव्यस्त बनेको छ ।
सरकारले अस्थायी राजधानीको रुपमा धनकुटाबाहेक अन्य जिल्लामा प्रस्तावको रुपमा अघि सारेपछि धनकुटामा आम हड्ताल सुरु गरिएको हो । आम हड्तालको दाेस्रो दिन पनि धनकुटामा कुनै पनि सवारी साधन गुडेनन् भने विद्यालय र सरकारी कार्यालय बन्द भए भने सम्पूर्ण पसलहरु बिहानै देखि बन्द छन् ।
बन्दका कारण धनकुटा लगायतका पहाडी जिल्लाको जनजीवन पनि प्रभावत भएको छ । धनकुटा हुँदै तेह्रथुम, भोजपुर र संखुवासभा जाने कुनै पनि सवारी साधन चल्न सकेनन् । बन्द गराउन बिहानैदेखि सयौंको संख्यामा धनकुटाबासी सडकमा निस्किए । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै दिनभरसडक अवरुद्ध गरे । जिरोप्वाईन्ट, सरस्वती चौक, आत्मारा लगायतका स्थानमा गाडी तेस्र्याएर सडक अवरुद्ध गरे ।
धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा व्यवस्था आदी कारण कारणले पनि धनकुटालाई पदेश नं. १ को राजधानी बनाउन माग गर्दै धनकुटामा आन्दोलन चर्किदै आएको छ ।
प्रादेशिक राजधानी घोषणाका लागि पटक–पटक दवाव दिदै आएका धनकुटाबासीले पछिल्लो तीन साता यता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानी घोषणाको माग गर्दै आएका छन् ।
आन्दोलन परिचालन समितिले धनकुटालाई प्रादेशिक राजधानी बनाउन जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिँदै आएको छ ।
प्रतिकृया दिनुहोस