सरकार र निर्वाचन आयोगविरुद्ध वाईसीएल र युवा संघ पनि सडकमा

Ycl yubasangh

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा मंगलबार राजधानीमा एमाले समर्थक अनेरास्ववियुका विद्यार्थीहरुले गरेकाे शान्तीपूर्ण प्रर्सनमा प्रहरीले हस्तक्षेप गरेपछि वाम गठबन्धनका युवा तथा विद्यार्थीहरुले सरकार र निर्वाचन आयोगविरुद्ध विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयअनुसार बुधबार दिउँसो दुई बजे प्रदर्शनीमार्गबाट विरोध जुलुस निकालिने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । तामाङका अनुसार अखिल क्रान्तिकारी, अनेरास्ववियु, वाईसीएल र युवा संघको सहभागीतामा भृकुटीमण्डपबाट रत्नपार्कसम्म प्रदर्शन गरिने छ ।

यसैगरी पुस २० गते इन्धनको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्दै ध्यानाकर्षणपत्र बुझाउने र २१ गते सार्बजनिक सडक बहस गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि ५० पैसा नै किन नहोस् अविलम्व फिर्ता गर्नुपर्छ, निर्वाचन परिणाम छिटो सार्वजनिक गर्नुपर्छ र शान्तिपूर्ण विरोध प्रदर्शनमा दमन गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ भन्ने हाम्रो संयुक्त माग छ,’ क्रान्तिकारी अध्यक्ष तामाङले भने, ‘हाम्रो आन्दोलन देशव्यापी हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...