राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्न कांग्रेस नेताहरुको प्रधानमन्त्रीलार्इ सुझाव
काठमाडौँ । सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा नेपाली काँग्रेसका शीर्षनेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएपछि सरकारको तयारी शुरु हुन थालेको बैठकमा सहभागी नेता बालकृष्ण खाँणले बताए । काँग्रेस पदाधिकारी र प्रभावशाली नेतासँगको छलफलपछि प्रधानमन्त्री देउवाले तत्काल प्रमुख दलका शीर्षनेतासँग आवश्यक परामर्श गर्ने बताएको जनाइएको छ ।
छलफलपछि प्रधानमन्त्री देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलमा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सो विषयमा शीघ्र परामर्श गर्ने बताएका थिए ।
बैठकमा नेताहरुले अविलम्ब प्रदेश प्रमुख नियुक्त गर्न, राष्ट्रियसभा निर्वाचनको मिति तोक्न तथा निर्वाचनका लागि आवश्यक पूर्वाधारलगायत निर्णय गर्न सुझाव दिएका थिए । निर्वाचन आयोगका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री देउवासँग भेटी राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गर्नुभएको थियो । आयोगले प्रदेशसभाको अन्तिम निर्वाचन मतपरिणाम प्रदेश प्रमुखलाई नै बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
बैठकमा निर्वाचनपछि पार्टी पंक्तिमा तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने आवाज उठेको सम्बन्धमा पनि छलफल भएको नेता खाँणले बताए । छलफलमा प्रधानमन्त्री देउवाले पार्टीमा बृहत्तर एकताको आवश्यकता औँल्याउँदै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने बेला भएकाले सुझाव मागेका थिए ।
सहभागी नेताहरुले राष्ट्रियसभा निर्वाचन तयारीसँगै पार्टीको केन्द्रीय समिति बैठक बोलाउन र उक्त बैठकले नै महासमिति बैठक बारेमा निर्णय लिनुपर्ने सुझाव दिएका थिए । बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेता खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल खाँणलगायत उपस्थित थिए ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस