समानुपातिक परिणाबारे बाम गठबन्धन र आयोगको जुहारी

गठबन्धनका नेता आयोगका पदाधिकारी भेट्दै

Election commition aomkpxemxa

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला यो भेट हुन लागेको हो ।

पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु दिउँसो ३ बजे आयोग पुग्ने कार्यक्रम छ । आयोग पदाधिकारीलाई कसैको दबाबमा नपर्न र समानुपातिकको परीणाम सार्वजनिक गर्न आग्रह गरिने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने बताएको छ । तर, एमाले नेताहरुले भने आयोगमाथि शंका गर्न लागेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने

Teacher aandolan ktm

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...