दुई पार्टीको एकताबाट नयाँ आधारमा नयाँ पार्टी बन्छ : नेता पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकताबाट नयाँ पार्टी बन्ने खुलासा गरेका छन् ।
सञ्चारकर्मीहरुसँग अाइतबार विशेष कुराकानी गर्दै उनले भने, “दुई पार्टीको एकताबाट नयाँ आधारमा नयाँ पार्टी बन्छ, त्यसले आर्थिक समृद्धि र जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्दछ, हामी त्यसका लागि सार्थक प्रयासमा लागिपरेका छौँ ।”
नेता पौडेलले एकतालाई सार्थक निष्कर्षमा पु¥याउन दुवै पार्टीका तर्फबाट युवा नेतृत्वले पहल गरिरहेको र केही दिन भित्रै सार्थक परिणाम आउने विश्वास व्यक्त गर्दै “पार्टी एकता सम्मानजनक किसिमले हुन्छ, कोही कसैलाई मानमर्दन गर्ने भन्ने हुँदैन, सबैलाई सम्मान हुने गरी निर्णय हुन्छ,” भने ।
एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको ठोस खाका तयार पारेको उल्लेख गर्दै उनले दुवै पार्टीको साझा मूल्य र अवधारणालाई संस्थागत हुने गरी निर्णय गरिने स्पष्ट पारे ।
नेता पौडेलले पार्टी एकतालाई सार्थक बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष तहमा र दोस्रो तथा तेस्रो तहका नेताहरुले पनि आन्तरिक तयारी गरिरहेको चर्चा गर्दै एकता प्रक्रियालाई सफल बनाउन जनस्तरबाट पनि दबाव आएको बताए ।
नेपाली जनताले ठूलो अपेक्षाका साथ वामगठबन्धनलाई विजयी गराएको भन्दै उनले आगामी सरकारले जनताको अपेक्षालाई पूरा गर्दै केही ठूला परियोजनासमेत शुरु गर्ने विश्वास व्यक्त गरे ।
नेता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रतिपक्षमा पुगेका नेपाली काँग्रेसलाई पनि मिलाएर जाने पक्षमा आफूहरु रहेको बताउँदै सहमति र सहकार्यका आधारमा मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
वामगठन्धनले संघीय समाजवादी फोरम नेपाललाई पनि सहकार्यका लागि आग्रह गरेको जानकारी दिनुहुँदै उनले आफूले नयाँ शक्ति पार्टी नेपालमा रहँदै शुरु गरेको बृहद् वाम एकताले सार्थक निष्कर्ष पाएकोमा खुशी व्यक्त गरे ।
नेता पौडेलले पछिल्ला दिनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईसँग पनि छलफल भइरहेको बताउँदै विचार, आन्दोलन र ज्ञानका हिसाबले पनि उनि नेपाली काँग्रेसको कित्तामा जान नसक्ने धारणा व्यक्त गरे ।
उनले भने, “आज पनि हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड र डा भट्टराईबीच भेटवार्ता भएको छ, उहाँ कतै जान सक्नुहुन्न र पाउनु पनि हुन्न ।”
आफूले डा भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पटक पटक एकै स्थानबाट चुनाव नलड्न आग्रह गरेको जानकारी दिँदै नेता पौडेलले दुवै जना संसद्लाई चाहिने व्यक्ति भए पनि एकजना छुट्दा नराम्रो लागेको छ भने ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस