वाम एकता विरुद्धका सबै षडयन्त्रहरु हामी परास्त गर्छौँ : नेता नेपाल
काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति केन्द्रबाट षडयन्त्र भइरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर समितिले अाइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले एकता विरुद्ध आउने सबै बाधा र षडयन्त्र परास्त गर्नुपर्नेमा जोड दिँदै चाँडोभन्दा चाँडो दुई पार्टीको एकता गर्नुपर्ने बताए ।
उनले वामपन्थीले मुलुकमा जनताको अधिकार प्राप्त गर्नका लागि गरेको संघर्षले उनीहरु खारिएको बताउँदै उनीहरुको एकता देशको विकास र समृद्धिका लागि भएकाले कसैले पनि षडयन्त्र गर्नु नपर्नेमा जोड दिए ।
नेपाली जीवन पद्धति र व्यवहारसँग जोडिएको शिक्षा नीति कार्यान्वयन गर्नुपर्ने बताउँदै नेता नेपालले त्यस्तो शिक्षाले मुलुकमा उद्यमशीलता र स्वरोजगार वृद्धि गर्ने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय सार्वजनिक विद्यालयले पनि निजी क्षेत्रका विद्यालयसँग गुणस्तरमा राम्रो प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।
राष्ट्रियसभा गठनका लागि समानुपातिकमा दर्ता भएका दलहरु मात्र सहभागी हुने हुँदा दल दर्ता गर्न तीन दिनको समय पुग्नेमा दुई साताको समय अवधि लामो भएको विचार व्यक्त गरे ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस